सल्यान,८ भदौ ।जिल्लाको बनगाड कुपिन्डे नगरकार्य समितिका सचिब कमल पुन माथी एक समुहले आईतबार राती खुकुरी प्रहार गरेको हो।
खुकुरी प्रहारबाट सचिब पुन गम्भीर घाईते भएका छन।अहिले उनको उपचार प्रदेश अस्पताल सुर्खेतमा भैरहेको छ।
आइतबार राती सुर्खेतको सिम्ता गाउँपालिका ६ रिठाबोटमा एक समुहले बाटोमा हिडिरहेका पुनमाथी खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको प्रहरिले बताएको छ।उनको शरीरका विभिन्न ठाउमा खुकुरी प्रहार गरिएको छ ।खुकुरी प्रहारबाट पेटमा बढी चोट लागेको छ।शरीरका अन्य भागमा समेत चोट लागेको पुनको पारिवारिक श्रोतले जनाएको छ।
घटना कसरी घटेको भन्ने एकिन नभएपनी पुरानो रिसिबीले घटना घटेको हुनसक्ने र घटनाबारे अनुसन्धान भैरहेको इप्रका सिम्ताले जनाएको छ। खुकुरी प्रहारमा संलग्न भएको भन्दै प्रहरिले २ जनालाई पक्राउ गरेको छ। स्थानिय सन्दिप बिक र सन्तोष बिकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। घटनामा अर्का एकजना समेत घाइते भएको प्रहरीले जनाएको छ।
तरुणदलका नगर सचीवमाथी भएको साङ्घातिकआक्रमणको भत्सर्ना गरिएको छ । तरुणदलका नगर सचिब पुनमाथी ज्यानमार्ने उद्देश्यका साथ आक्रमण गरि घाइते बनाएको भन्दै नेपाली कांग्रेस बनगाड कुपिन्डे नगरकार्य समिति, नेपाल तरुण दल जिल्ला कार्यसमिती सल्यान,तरुन दल बनगाड कुपिन्डे नगरकार्य समिती र नेपाल दलित बिद्यार्थी संघ लगाएतकाले बिज्ञप्ति जारी गर्दै बिरोध गरेका छन ।
सबै बिज्ञप्तिमा बिना कारण खुकुरी प्रहार गरिएको भन्दै कारबाहीको माग गरिएको छ। उक्त घटनाले नेपाली हरुको सभ्यता, सम्बन्ध,कानुनी राज्यको गम्भीर उल्लंघन गरेको बिज्ञप्तिमा लेखिएको छ। बिज्ञप्तिमा यथासिघ्र उच्च छानबिन गरि सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र क्षतिपुर्ती उपलब्ध बनाई खुकुरी प्रहार गर्ने दोशीलाई कारबाहीको माग गरिएको छ।नेपाल तरुण दल सल्यानका अध्यक्ष सन्तोष केसिले घटनाको निन्दा गरेका छन।बिना कारण ब्यक्तीको हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरिएको भन्दै दोसिलाई कारबाहिको माग गरेका छन।