बाफुखोलाका बाढी पीडितलाई राहत वितरण

 सल्यान,८ भाद्र । सल्यान बागचौर नगरपालिका १२ बाफुखोलाका बाढी पीडितलाई कर्णाली प्रदेश सरकार र दार्मा गाउपालिक राहत वितरण गरेको छ । गएको भाद्र ३ गतेको अविरल वर्षा पछि आएको बाढीले बाफुखोलाका ३ घर बगाएको थियो भने दर्जनौं घर उच्च जोखिममा परेका छन् ।

आईतवार पीडितलाई कर्णाली प्रदेश सरकार र दार्मा गाउँपालिकाले राहत सहयोग गरेको हो । राहत वितरण गर्न कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्मा, दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी लगाएको टोली पुगेका थिए ।

जसमा प्रदेश सरकारले चामल, दाल, त्रिपाल, कम्बल, म्याट, झुल लगाएतका सामाग्री हस्तान्तरण गरिएको छ । पुर्ण रुपमा भत्किएका घरलाई एख लाख रुपैयाँका दरले प्रदेशले सहयोग गर्ने मन्त्री ज्वालाले बताएका छन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्