कोभिड-१९अन्त्यकालागी डब्लूएचओको ’नयाँ कार्यक्रम ‘कोभेक्स’ सार्वजनिक

काठमाडौं,१० भदौ  । विश्व स्वास्थ्य संगठनले कोभिड १९ को खोपमा न्यायोचित पहुँच सुरक्षित गर्न नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कोभेक्स नामक सुविधा कार्यक्रम अन्तर्गत विश्वका १ सय ७२ देशहरु सहभागी भएकाे संगठनले जानकारी दिएको हो ।

यो कार्यक्रममा सहभागी हुनका लागि थप आर्थिक कोषको आवश्यकता रहेको र त्यसका लागि देशहरुको प्रतिवद्धता आउनुपर्ने डब्लूएचओको भनाइ छ । साथै यही महिनाको अन्त्यसम्म अर्थात्, अगस्ट ३१ सम्ममा सहभागी हुन देशहरुले इच्छा प्रकट गर्न सक्ने पनि डब्लूएचओले जानकारी दिएको छ ।

डब्लूएचओका अनुसार सेप्टेम्बर १८ सम्म पक्का गरिसक्नुपर्ने र सहभागी भएवापत अक्टोबर ९ सम्ममा प्रारम्भिक रकम भुक्तान गरिसक्नुपर्ने जानकारी दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस अधनोम घेब्रेससले यो कार्यक्रम कोभिड १९ को महामारी अन्त्यका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्