प्रशासकीय अधिकृत उपाध्याय १५ लाख धरौटीमा रिहा

दाङ, १० भदौ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय १५ लाख धरौटीमा रिहा भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जमानतमा रिहा गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनलाई ३ महिनासम्म निलम्बन समेत गरिएकोे छ ।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जाँदै गर्दा साउन १६ गते नागढुंगामा पक्राउ गरेको थियो । उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेर हिरासतमा राखेर मुद्दा चलाइएको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्