काठ्मान्डौ,१० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरबाट १३ हजार दुई सय ५३ जनामा गरिएको परीक्षणमा बुधबार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितमध्ये २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा मात्र २ सय ३०, ललितपुर जिल्लामा मा ४७ र भक्तपुर जिल्लामा मा २४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको कुल संख्या ३४ हजार चार सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आजसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा तीन सय ८५ जनाले कोरोना भाइरस जितेका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् ।
आज देशभर सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ गरी जम्मा ८ सय ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन् ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन् ।
क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन । प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६ र गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन् ।