सरकारले गर्यो एकै पटक ६० जना सहसचिवहरुको सरुवा

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठ्मान्डौ,१० भदौ । सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो ।

यो सरुवाको सूचीमा नेपालको एकमात्र सहसचिवस्तरको पद ‘मुख्य मनोविज्ञानवेत्ता’ पनि परेका छन् ।
मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार प्रधानमन्त्री कार्यालयका सहसविच दिनेश कुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ ।

सन्चार मन्त्रालयकी सहसचिव राधिका अर्याललाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका चुडामणि पौडेललाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, गृहमन्त्रालयका महादेव पन्थलाई प्रदेश नं.५ को सामाजिक विकास मन्त्रालयमा र स्वास्थ्य मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

डा.सुवेदीको पनि सरुवा

यसैगरी लोक सेवा आयोगका डा। खगेन्द्र प्रसाद सुवेदीलाई प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । डा। सुवेदी लोक सेवा आयोगका ‘मुख्य मनोविज्ञानवेत्ता’ पदमा कार्यरत छन् । मुख्य मनोविज्ञानवेत्ता नेपालको एकमात्र पद हो । लोक सेवाको नीति निर्माण तथा पाठ्यक्रम बनाउने मुख्य जिम्मेवारी सुवेदीको हो ।

सुवेदीलाई प्रदेश ५ मा सरुवा गरेर लोक सेवामा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शंकर प्रसाद खरेललाई तानिएको छ ।

डा। सुवेदीले आफ्नो सरुवा भए पनि लोक सेवालाई असर नपर्ने बताए । उनले भने, ‘मैले काम गर्ने भनेको पोलिसी लेभलमा हो । त्यो काम बाहिरै रहेर पनि गर्न सकिन्छ । इम्प्लिमेन्टसनको काम अरु साथीहरुले गरिहाल्नु हुन्छ ।’

हाल नेपालको एकमात्र पद भएकाले लोक सेवामा अर्को मुख्य मनोविज्ञानवेत्ताको रुपमा कोही नआउने उनले बताए । डा। सुवेदीले भने, ‘मलाई लोक सेवाबाट सरुवा गरेर लोक सेवामा जसलाई ल्याइन्छ, त्यो मेरो रिप्लेसमेन्ट होइन । हालसम्म मुख्य मनोविज्ञानवेत्ता पदको अर्को विकल्प नै छैन ।’

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्