२४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु

काठमाडौं,१२ भदौ ।२४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। सुनसरीको धरानमा ३, चितवनमा २, मोरङ, रुपन्देही, पोखरा र भक्तपुरमा एक(एक जनाको मृत्यु भएको हो। चितवनको भरतपुर महानगर २ क्षेत्रपुर बस्ने ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। स्वासप्रश्वासमा समस्या भएर भदौ ५ गते भर्ना भएका पुरुषको पुष्पाञ्जली अस्पतालमा आज बिहान १० बजे निधन भएको अस्पतालले जनाएको छ। उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालका कोभिड १९ फोकल पर्सन रहेका फिजिसियन डा। सन्दीप पाण्डेले जानकारी दिए। उनी लामो समयदेखि फोक्सोको दमको बिरामी रहेको र दुवै फोक्सोमा गम्भीर निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। चितवन मेडिकल कलेज ९सिएमसी० मा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। हेटौंडा १९– की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो। स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए। यसैगरी, रुपन्देहीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको गएराति साढे २ बजे मृत्यु भएको हो। भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या पनि थियो। यस्तै, भक्तपुरमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि लैजाने क्रममा गएराति मृत्यु भएकी ६२ वर्षीया महिलामा आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो। उनी उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ। यसैबीच, विराटनगरस्थित कोशी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। सिरहाको लहानकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। फोक्सोमा समस्या भएर उनी गत बिहीबार अस्पताल पुगेको दासले बताए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापा, मोरङ र सिराहाका कोरोना संक्रतिमको मृत्यु भएको हो। झापाको कमल गाउँपालिका(३ का ८३ वर्षीय वृद्धको आज विहान पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार भदौ ३ गते कोरोना पुष्टि भएदेखि उनी प्रतिष्ठानमा उपचाररत थिए। दुवै मिर्गौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका उनी उच्च रक्तचाप र मधुमेहका पनि दीर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ। यस्तै, मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको आज बिहान सवा ३ बजे मृत्यु भएको छ। उनमा भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। पहिला कोशी अञ्चल अस्पताल पुगेकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो। यसैबीच, प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको छ। भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो। उच्च रक्तचापका विरामी समेत रहेका उनलाई अवस्था जटिल भएपछि दुई दिनदेखि आइसियुमा राखेर उपचार गरिएको थियो। त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मध्यान्ह करिब सभा १२ बजे पोखरा महानगरपालिका १६ संक्रमित पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। मृतकमा श्वास प्रश्वासको समस्या भई आज अस्पताल भर्ना भएका थिए। दीर्घ रोग मधुमेह र उच्च रक्तचाप रहेको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले बताएका छन्। योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्