गाउँपालिका अध्यक्षले गरे बाढि प्रभावित क्षेत्रको अनुगमन

सल्यान,१२भदौ । बाढी पहिरोले क्षेति पुर्याएको ठाउँमा सल्यान छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले अनुगमन गरेका छन् । छत्रेश्वरीको वडा नं। १ चामी, वडा नम्बर २ दहखोला र गुँरासेमा अध्यक्ष केसीले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा अध्यक्ष केसीले दुख व्यक्त गर्दै उचित प्रकारको सहयोग गर्ने बताएका छन् । गाउँपालिकाको अहिले बजेट पास हुन नसकेको भन्दै अध्यक्ष केसीले बजेट पास हुन वित्तिकै गाउँपालिकाले सहयोग गर्ने बताए । पीडितलाइ तत्काल राहत भन्दा दिर्घकालिन बस्ति बसाइँको आबश्यक भएको भन्दै अध्यक्ष केसीले कुनै ठोस योजना बनाएर प्रभावित ठाउँमा लागु गर्ने बताएका छन् ।
बाढीबाट छत्रेश्वरीको चामीमा १२ घर बढी प्रभावित भएका छन् भने यहाँ ठुलो मात्रमा खेतबारी बग्नुका साथै अन्नबालीमा क्षेति पुगेको छ । त्यस्तै गुँरासे र दहखोलामा ३ वटा घर भत्किएका छन् भने दर्जनौं घरहु बाढीबाट प्रभावित भएका छन् । यहाँ पनि ठुलो मात्रामा सुन्तला, मकै लगाएतका बालीहरु नस्ट भएका छन् ।

पीडितहरुले आफुलाइ सामान्य खालको राहत भन्दा दिर्घकालिन योजना दिएर बाढी पहिरो रोक्न र कटान भएका जग्गामा तारजाली लगाएर कृषि गर्ने वातावरण बनाउन स्थानीय, प्रदेश र संघिय सरकारलाइ आग्रह गरेका छन् ।

 

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्