वडा कार्यालयमा तालावन्दी राजनैतिक प्रतिषोध हो:वडा अध्यक्ष हमाल

0
13

सल्यान,१२भदौ।सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ को कार्यालयमा तालाबन्दि गरीएको छ ।सोही वडाका नेकपा वडा कमिटिले ताला बन्दी गरेको हो ।
शानपा १२ को लिफ्ट खानेपानी आयोजनामा वडाध्यक्ष दिपक हमाल र प्रेमलाल विष्टलाई उपभोक्ताको कृते हस्ताक्षर गरी आफु खुशी समिति गठन गरेको भन्दै नेकपा वडा कमिटि शानपा १२ ले तालाबन्दी गरिएको स्थानीय वासी तथा नेकपाका नगर कमिटि सदस्य सुरेन्द्र बुढाले बताए ।

यस विषयमा वडाध्यक्ष हमालले कोभिड १९ का कारण बैठक भेला गर्न नमिल्ने भएकाले घर घरमा गई हस्ताक्षर गराइएको र संवाद छलफल केही नगरि कार्यालय बन्द भएको समयमा राजनैतिक प्रतिशोधका आधारमा तालावन्दी गरिएको बताएका छन् । यस सम्वन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र आफुले कुनै गलत काम नगरेको हमालले बताएका छन् ।
पार्टीगत हिसावले आफुलाई विभिन्न आरोप लगाई चरित्र हत्या गर्न खोजिएको उनले बताएका छन् । राजनैतिक पूर्वाग्रहका कारण तालावन्दी गर्नेहरुको नाममा किटानी सहित जाहेरी दिनलागेको अध्यक्ष हमालले बताए ।
नेकपाका जिल्ला कमिटि सदस्य भोला बुढाथोकीको नेर्तत्वमा ताला वन्दी गरिएको हो ।

Leave a Reply