९ जना कर्मचारीमा काेराेना पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी

तुलसीपुर, १३ भदौ ।तुलसीपुरमा २ डाक्टर सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

बिहीबार ५० जनाको स्वाब संकल गरिएको थियो । ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । यसैगरी शनिबार तुलसीपुरका ९ जना सहित दाङमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा १२ पुरुष र ७ जना महिला गरी १९ जनामा कोरोना संक्रमण देखीएको हो । तुलसीपुर बाट संकलन गरिएको ५० जनाको कोरोना परिक्षण गर्दा ९ जनाको रिपोट पोजेटिभ आएको हो । घोराही उपमहानगरपालिकाबाट ८५ जनाको स्वाव संकलन गरिएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्