एकै दिन १,२२१ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या ३८,५६१

काठमाण्डौ, १४ भदौ।नेपालमा थप १ हजार २ सय २१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । एकै दिनमा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय २१ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को इलामका १ जना, ओखलढुंगामा ४ जना , पाँचथरमा १ जना, झापामा ११ जना,संखुवासभामा २ जना, मोेरङमा ४९ जना, सुनसरीमा ३३ जनामा संक्रमण देखिएको छ ।

प्रदेश २ को धनुषामा ७५जना, पर्सामा ४६ जना, बारामा ८२ जना, महोत्तरीमा ३७ जना, सप्तरीमा ६ जना, सर्लाहीमा ३४ जना र सिरहामा २६ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा ३ सय ७२ जना, काभ्रेमा २५जना, चितवनमा ९० जना, धादिङमा ३ जना, मकवानपुरमा ९जना, रामेछापमा १ जना, सिन्धुलीमा ५ जना, नुवाकोटमा जना, सिन्धुपाल्चोकमा २ जना, ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ५ जना, नवलपरासी पूर्वमा २ जना, गोरखामा ५ जना, तनहुँमा ४ जना र बागलुङमा ३ जनामा संक्रमण देखिएको छ ।

यता, प्रदेश ५को अर्घाखाँचीमा ३ जना, दाङमा ५ जना, कपिलवस्तुमा २५ जना, गुल्मीमा ६ जना, नवलपरासीमा २१ जना, बर्दियामा ६ जना, प्यूठान ५ जना, पाल्पामा ८ जना, बाँकेमा १४ जना, रुपन्देहीमा ६१ जनामा संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ जना, कैलालीमा ६ जना, दार्चुलामा २ जना, डोटीमा ११ जना, बझाङमा ४७ जनामा संक्रमण देखिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्