(ने.क.पा)नगर कमिटि अध्यक्षले माफि मागेपछि खुल्यो ताल्चा

0
8

सल्यान,१४भदौ ।सल्यान जिल्ला स्थीत शारदा नगरपालीका वडा न. १२ मा लगाईएको ताल्चा आज खोलीएको छ ।शुक्रबार कार्यालय बन्द भएपछि (ने.क.पा)समर्थक जिल्ला कमिटि सदस्य भोलाप्रसाद बुढाथोकी,नगर कमिटि सदस्य शुरेन्द्र बुढा,गाउँ कमिटि अध्यक्ष युबराज खड्का लगायतका दश जनामा आएको समुहले वडा कार्यालयमा ताल्चा लगाएको थियो । शानपा १२ को लिफ्ट खानेपानी आयोजनामा वडाध्यक्ष दिपक हमाल र प्रेमलाल विष्टलाई उपभोक्ताको कृते हस्ताक्षर गरी आफु खुशी समिति गठन गरेको भन्दै नेकपाको उक्त समुहले शानपा १२ वडा कार्यालयमा शुक्रबार तालाबन्दी गरेका थिए ।बिभिन्न तवरबाट ताल्चा खोल्न दबाब आएपछि नेकपा समुहले ताल्चा खोलेको छ ।सामाजिक कार्यमा सबैको हातेमालो हुन र सहकार्य गरेर मात्र समाजको हित हुने भन्दै यति ठुलो गौरबको आयोजनालाई अलपत्र नपार्न समेत नेकपा नगर कमिट अध्यक्ष भडेल सबैलाई आग्रह् गरे । यस्तो गैर जिम्मेवार कार्यप्रति आफनो पार्टिका कार्यकर्ताहरुले गरेको कार्यप्रति आफुले माफी माग्दै ताला खोल्नुहुन समेत आग्रह गरेका थिए ।
सोहि अबसरमा अब उप्रान्त पार्टिको नाम लिएर यस्ता अन्य कार्य भएमा सम्बन्धित पर्टिले कार्वाहि समेत गर्ने उनले बताए ।शुक्रबार लागाएको ताल्चा नगर कमिट सदस्य शरेन्द्र बुढा र गाँउ कमिटि अध्यक्ष युबराज खड्काले खोलेका थिए ।

Photo featurs

Leave a Reply