सात जना कोरोना सक्रमित मृतक थपिएसंगै,कुल मृतकको संख्या २२८ पुग्यो

0
0

काठमाण्डौँ, १५ भदौ।नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ वर्षीया बालिका सहित थप सात जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंका क्रममा आज तिन महिला र चार पुरुष गरि सात जनाको निधन भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोर्खाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार सात जना कोरोना संक्रमितको मृत्यु भएसगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरूको कुल संख्या २२८ पुगेको छ ।

Leave a Reply