बालविवाह गर्ने एक जोडि पक्राउ

0
5

सल्यान,१६ भदौ ।सल्यानमा बालविवाह गर्ने‍ जाेडी सहित पाँच जना पक्राउ परेका छन । जिल्ला सल्यान बागचौर न.पा. वडा नं. ८ गैरागाउं स्थित बर्ष २५ को दिपेन्द्र शर्मा संग जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं १ गाभर घर भएकी बर्ष १८ कि लक्ष्मी जैसीकाे बाल बिबाह गर्ने तयारी भईरहेकोअबस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा बेहुला,बेहुली, बेहुलाको बुवा,आमा र विवाह गराउने पुरोहित (बाहुन) रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।

पाँचै जनालाई सम्मानित सल्यान जिल्ला अदालतबाट म्याद थप अनुमती लिई ईलाका प्रहरी कार्यालय थारमारे सल्यानको हिरासतमा राखी थपअनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply