पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं,१६ भदौ । पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए। तत्कालिन पुनरावेदन अदालतको मुख्य न्यायाधीशबाट अवकाश प्राप्त चालिसे सामान्य बिरामी भएका थिए। चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको काठमाडौं महानगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए। उनी गत भदौ ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको केसीको भनाइ छ। उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्