नेपाल तरुणदल को वडा स्तरिय प्रथम अधिबेशन समपन्न:ने.क.पा.छोडि १४ जना काग्रेसमा प्रवेस

0
34

पुष्कर रसाइली\सल्यान,१६ भदौ ।नेपाल तरुणदल त्रिबेणि गाउपालिका ५ वडा स्तरिय प्रथम अधिबेशन समपन्न भएको छ।केशव डागीको सहजीकरणमा सम्पन्न भएको अधिबेशनले जम्मा ४१ जना कार्य समिती बिस्तार गरेको छ ।नेपाली काङ्ग्रेस क्षेत्रिय प्रतिनिधि खिम ब रावतको बिशिस्ठतामा सन्चालन प्रथम अधिबेशनमा डम्मर घर्ती अध्यक्ष रहेको ४१ सदस्यीय कार्यसमिती गठन गरिएको हो।जसमा बरिस्ठ उपाध्यक्ष खडानन्द घर्ती ,उपाध्यक्ष ज्ञान सङ्गम सुनार,सचिब भरत बुढा,कोषाध्यक्ष निर्मला पुन सहितको ४१ कार्यसमिती बिस्तार भएको हो।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस क्षेत्रिय प्रतिनिधि तथा कार्यक्रमका बिशिस्ठ अथिती खिम ब रावतले ञञनेपाली काङ्ग्रेसले जम्मा गरेको राज्य डुकुटिले अहिलेको नलायक सरकारले बिकाशको नामामा भ्रष्टाचार गरेको छ। काण्डै काण्डको सरकार, भ्रष्टाचारमा लिप्त सरकार,कम्नियुस्ठका नाममा कमाउनिस्ठमा लागेको र यो सरकार पुर्ण रुप असफल भइ सकेको बताउनु भएको छ। काङ्ग्रेस हारेको छैन बिश्राम मात्रै गरेको आगामी दिन काङ्ग्रेस बलियो र सुढृट भएर आउने कुरामा दुइमत छैन।काङ्ग्रेसले राज्यको ढुकुटी सकिए पछि कम्नियुस्ठ आफै पतन हुने कुरामा बिस्ववत छु ।।उहाले भन्नू भयो।
कार्यक्रममा नेकपा परित्याग गरि १४ जना नेकपा वडा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छ्न।

Leave a Reply