सल्यान,१७ भदौ । ब्लड क्यान्सर पिडित २६ वर्षीय आस्था बोहरा बिश्वकर्मालाई सहयोग रकम हस्तान्तरण गरीएको छ ।करीब एक वर्षदेखि ब्लड क्यान्सरले थलिएकि आस्था आर्थिक अभाबका कारण सामान्य उपचार गर्दै घरमा नै बस्दै आईरहेकी थिइन ।उपचार गर्न नेपाल र भारतका केहि ठाउँमा लगेपनि आफुसँग भएको करिब नौ लाख रुपयाँ बराबर रकम खर्च भएपछि परीवारलाई आर्थीक संकट परेको श्रीमान एकराज बि.क बताउछन ।
गत भदौ ११ गते परीवारलेनै मिडियाकरण गर्ने भने पछि मनोहर मिडिया प्रा.ली नामको यूटुब च्यानल बाट पहिले भिडियो प्रसारण गरीएको थियो ।उक्त भिडियोलाई हेरीसकेपछि देश तथा बिदेशबाट गरी जम्मा गरीएको(९४,९५०)चौरानब्बे हजार नौ सय पचास नगद रुपयाँ घरमै पुगेर मनोहर मिडियाको नेतृत्वमा हस्तान्तरण गरीएको हो ।सहयोग गर्नेहरुमा हरीयाली स्वास्थ्य आमा समुहबाट १,००५,कला सँस्कृति संरक्षण तथा बिकास संस्थाबाट २०,०००,सहयोगी हातहरु कतार नामक संस्था (कतारबा)२०,०२४,मामा तथा अंकलहरुबाट २४,००० र आस्था बोहरा बि.क. बचाउ अभियान अन्र्तगत शा.न.पा.१२ मूल्डाँडा र कागखोलाबाट संकलित २९,९२० गरी कुल जम्मा गरीएको रकम (९४,९५०)चौरानब्बे हजार नौ सय पचास मंगलबार बेलुकि ५ बजेतिर हस्तान्तरण गरीएको थियो ।
यसरी सहयोग भएछि श्रीमतीलाई बिहिबार सम्ममा बि.पि कोईराला क्यानसर अस्पताल चितवनम लिनलागेको श्रिमान एकराज विश्वकर्माले बताए ।यसरी सहयोगी मनहरु बढ्दै गए श्रीमतीको जिवन बच्छकी भन्ने उनको आश छ।यसै क्रम्मा देश तथा बिदेशबाट सहयोग गर्नेहरु प्रति एकराज विश्वकर्माले धन्यबाद समेत दिएका थिए ।
#khabarajako.com,#Blood cancer pidit astha