थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५१ पुग्यो

0
3
Municipal workers in protective gear carry the body a woman who died due to coronavirus disease (COVID-19), for her cremation at a crematorium in Ahmedabad, India, April 17, 2020. REUTERS/Amit Dave

काठ्मान्डौ,१७ भदौ ।नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक मृत्यु पुष्टि हुनेमा संक्रमितमा ६ जना महिला र ६ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा काठमाडौंका २ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।

Leave a Reply