सएमएस मार्फत पठाउदै आएको कोरोना परीक्षणको नतिजा हाललाई स्थगित

काठमाडौं,१८ भदौ । राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुले मोवाइलमा एसएमएस मार्फत पठाउदै आएको कोरोना परीक्षणको नतिजा सेवा हाललाई स्थगित गरेको छ। प्राविधिक समस्याका कारण २४ घन्टाका लागि उक्त सेवा बन्द गरेको प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले सुचना निकालेर जानकारी दिनुभयो।

कोरोना परिक्षण नै नगरी १५० जनालाई प्रयोगशालाबाट गलत रिपोर्ट एसएमएस गरिएपछि प्रयोगशालाले हाललाई उक्त सेवा स्थगित गरेको हो। उक्त एसएमएस प्राविधिक गडबडीका कारण त्यस्तो भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले कोरोना परीक्षण गराउन आउनेको परिक्षण रिपोर्ट सम्बन्धित स्वाबको नमुना दिने ब्यक्ति तथा सम्पर्क व्यक्तिको मोवाइलमा पठाउदै आएको थियो।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्