थप १३५९ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ४४ हजार २३६ पुग्यो

काठमाण्डौँ, १९ भदौ । पालमा पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससंगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४५४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, झापा र नवलपुरका २८र२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६र२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१र२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रे, कपिवलस्तु र दाङमा ७र७ जना, पाल्पामा ६, नुवाकोट र कञ्चनपुरमा ५र५ जना, सिन्धुपाल्चोक र डोटीमा ४र४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीमा ३र३ जना, ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीमा २र२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछाममा १र१ जना संक्रमित थपिएका छन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्