कोरोनाका कारण थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

0
0

काठ्मान्डौ,२० भदौ ।नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार तीनजना महिलासहित ९ जनाको मृत्यु भएको हो।

उनका अनुसार मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो। यस्तै पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षका गरी तीनजना तथा रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ।

Leave a Reply