थप १०४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ हजार २७७ पुग्यो

0
1

काठ्मान्डौ,२० भदौ ।देशभर पछिल्लो २४ घण्टामा १ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा ३४९ महिला र ६९२ पुरुष सहित १ हजार ४१ जना थपिएको जानकारी दिइएको हो ।

यससँगै देशभर संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।शनिबार १२ हजार ४७३ नमुना पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७ लाख ५७ हजार ९६३ पीसीआर परीक्षण भैसकेको छ ।काठमाडौं उपत्यकामा ४०८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना रहेका छन् ।

होम आइसोलेसनमा ८ हजार ४ जना रहेका छन् । देशभर १५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म २७ हजार १२७ जना संक्रमित निको भएका छन् ।

Leave a Reply