सल्यानको क्षत्रेश्वरी गाउँपालिकाको पाँच न वडा शिल

0
4

सल्यान,२० भदौ । समुदायी स्तरमा एक पुरुषलाइ कोरोना पोजेटिभ देखिएपछि सल्यानमा एउटा वडा सिल गरिएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा एक पुरुषलाइ कोरोना पोजेटिभ देखिएपछि वडा सिल गरिएको हो ।

गाउँपालिकाले १५ गते स्वाब संकलन गरि परिक्षण गरिएका ६१ वटा नमुना मध्य शुक्रवार ३३ वर्षिय एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो। अहिले ती संक्रमितलाई भोटेचौरको आईसोलेसनमा राखिएको छ ।

अहिले संक्रमित व्यक्तीको सम्पर्कमा आएका व्यक्तिहरुको खोजिकार्य सुरु भएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताएका छन् ।

वडा सिल गरिएपछि ५ नम्बर वडा अन्तरगतका सम्पुर्ण क्षेत्रहरुमा आवस्यक सेवा र साधनहरु बाहेक सम्पुर्ण सवारी साधन, पसल व्यवसाय संचालन गर्न तथा हिडडुलमा समेत आज शनिबार बिहान ५ बजेदेखि २७ गते राती १२ बजेसम्मका लागि पुर्णरुपमा वडा सिल गरिएको अध्यक्ष केसीले बताए ।

सल्यानमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ । संक्रमित मध्ये २ सय ५७ जना निको भएर घर फर्कि सकेका छन् ।

Leave a Reply