सल्यान,२० भदौ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेद्र खतीवडाले आफ्नो एक वर्षको कार्यकाल भित्र गरेका महत्वपुर्ण कामहरुको सार्वजनिक गरेका छन् । गत वर्षको भदौ १८ गते सल्यान प्रहरी प्रमुखको रुपमा हाजिर भएका डिएसपी खतिवडाले एक वर्ष पुगेको अवसरमा र सरुवा भएर जान लागेको बेला बिहिबार पत्रकार सम्मेलन गरेर प्रगती विवरण सर्बजनिक गरेका हुन् ।
जसमा अपराध अनुसन्धान, शान्ती सुरक्षा, स्टिकर अभियान, बाल विवाह रोकथाम, स्थायी फोन नम्बर, दुर दराजमा गस्ती जस्ता महत्वपुर्ण कार्य भएको डिएसपी खतिवडाले बताए । सल्यानबाट सरुवा भएर जान लागेका खतिवडाले घरघरमा स्टिकर टाँसेको अभियानलाइ मुख्य कार्य सम्झिएका छन् ।
जनचेतनामुलक सन्देश सहित प्रत्येक प्रहरी युनिटका स्थायी नम्बहरु स्टिकरमा समावेश गर्दाले जनमैत्री कार्य गर्न धेरै भुमिका खेलेको खतिवडाको भनाइ छ । प्रहरी सँग नागरिकले प्रत्येक्ष रुपमा जोडिएर सुसाशन कायम गर्न स्टिकरले महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ छ ।
त्यस्तै एक वर्षको अवधिमा विभिन्न मुद्दामा संलग्न रहेका २ सय २५ जना प्रतिवादीहरुलाई पक्राउ गरी सबै मुद्दाहरु फछ्र्यौट गर्न सल्यान प्रहरी सफल भएको छ । प्रतिवन्धित विप्लव समूहका २१ जनालाई पक्राउ गरी आवश्यक कार्वाही अघि बढाएको पनि उनले बताएका छन् ।
सल्यान जिल्ला अदालतबाट विभिन्न समयमा फैसला भइ दोषी ठहर भएका प्रतिवादीहरु पक्राउ गरी तोकिएको सजाय भुक्तान गराउने सन्दर्भमा पनि प्रहरीले सफलता प्राप्त गरेको छ । यस अन्तर्गत विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १२४ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको डिएसपी खतिवडाले बताएका छन् ।
साउन ८ यता मात्रै गरिएको अपरेसनमा पक्राउ परेका १२४ जना मध्ये कैद सजाय तोकिएका ४२ जना जेल चलान भएको र जरिवाना मात्र तोकिएका बांकी १०८ जनाले जरिवाना भुक्तान गरेको उनले बताए ।
मोटरसाईकल चोरी निकासी गर्ने तथा चोरीको मोटरसाइकल प्रयोग गर्ने अवस्थालाई नियन्त्रण गर्नको लागि पनि सल्यान प्रहरी सफल भएको छ । यस क्रममा अवैध चोरी निकासी गरिएका ७ वटा मोटरसाईकल नियन्त्रणमा लिई नेपालगन्ज भन्सारमा बुझाईको छ ।
यसै गरी सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि “एक गाडी एक स्टिकर” र “यात्रु सँग दुई मिनेट कार्यक्रम” सन्चालन समेत सल्यान प्रहरीले गरेको थियो ।
बालविवाह न्यूनीकरणका सम्वन्धमा १५० जना पण्डित, जैसी, पास्टरहरुलाई प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको थियो । यसको लागि प्रहरीले छापाखानाहरु सँग समेत निम्तो छाप्दा जन्मदर्ता हेर्नुपर्ने व्यवस्था मिलाएको थियो । प्रहरीको कडा अभियान पश्चात जिल्लामा अहिले बालविवाहको दर न्यून भएको छ र यो अझै घट्दो अवस्थामा रहेको छ ।
१९, जबरजस्ती करणी उधोग मुद्धामा ९,कर्तव्य ज्यान म’द्धामा ३,चोरी मुद्धामा १६, हातहतीयार खरखजना मुद्धामा ६ ,मानव बेचबिखन मुद्धामा २, सवारी ज्यान मुद्धामा ७ जना प्रतीबादी र अन्य मुद्धाका २ सय ५५ जना प्रतीवदी पक्राउ गरी मुद्धा फचौट गर्न सफल भएको डिएसपी खतीवडाको भनाइ छ ।
आफ्नो एक वर्षे कार्यकालमा उनले आन्तरिक शुद्धिकरणको लागि सबै तहका प्रहरीहरुलाई मादक पदार्थ सेवन नगर्ने र यस्तो अवस्थामा भेटिएमा कानुन बमोजिमको कारर्वाही भोग्न तयार भएको प्रतिवद्धता गराएका थिए । यसमा पनि उनलाई पूर्ण सफलता प्राप्त भएको छ ।
कहाँ चुके
केहि राम्रा कार्य गर्दा गर्दै डिएपसी खतिवडाको कार्यअवधिमा त्रिवेणी गाउँपालिकाको कविता बोहरा केस समाधान हुन सकेन । २०७६ फागुनमा हत्या गरिएकी त्रिवेणी १ तल्लो काभ्राकी कविता बोहराको हत्यारा पत्ता लगाउन उनको कुनैपनि युनिट अहिलेसम्म सफल हुन सकेको छैन् ।