दाङमा एकै दिन थपिए ३७ कोरोना संक्रमित

0
5

दाङ,२० भदौ । दाङमा आज एकै दिन ३७ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरका १९ र घोराहीका १८ जनामा कोरोना संक्रमण देखिएको हो । घोराहीका १८ जना मध्ये वडा नम्बर ६ का १ जना, वडा नम्बर १० का ९ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १५ का ४ जना रहेका छन् ।

त्यसैगरी तुलसीपुरका १८ जना मध्ये वडा नम्बर १ का एक जना, ५ र ६ का ४र४ जना, वडा नम्बर ७ का एक ९ महिने बालक र ३१ वर्षीया महिला रहेका छन् । त्यसै वडा नम्बर ८ र १७ का १र१ जना, वडा नम्बर १८ का दुई, १९ का ३ जना छन् भने शान्तिनगरका वडा नम्बर ५ का एक जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा १९ जना पुरुष र १८ जना महिला रहेका छन् । यससंगै दाङमा कुल संक्रमितको संख्या ८४३ पुगेको छ ।

 

Leave a Reply