राष्ट्रिय युवा संघ नेपालको ५३ सदस्यीय टोल कमिटी गठन

0
5

सल्यान,२१ भदौ ।नेपाल कम्यूनिष्ट पार्टी नेकपाको भातृसंगठन राष्ट्रिय युवासंघ नेपालले सल्यानमा आफ्नो कमिटी बिस्तारलाई तिव्रता दिएको छ । दुई पार्टी एकता पश्चात नेकपाको भातृसंगठन राष्ट्रिय युवासंघ नेपाल सल्यान छत्रेश्वरीले अहिले धमाधम रुपमा टोल कमिटी गठन कार्यलाई ब्यापक बनाएको छ ।

यसैक्रममा शनीवार छत्रेश्वरी गाउपालिका वडा नम्बर १ को दमाचौरमा ५३ सदस्यीय टोल कमिटी गठन गरिएको छ । राजकुमार चन्द संयोजक र जिबराज बिक संहसंयोजक रहेको टोल कमिटी गठन गरिएको हो । राष्ट्रिय युबासंघ नेपाल छत्रेश्वरी गाउपालिका १ नम्बर वडा संयोजक दिपक मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा छत्रेश्वरी गाउँ कमिटीका सचिब प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य भोला केसी, मोहनलाल बुढाथोकी, नेकपा छत्रेश्वरी गाउँ कमिटी सदस्य खड्क शाही, सुरेन्द्र चन्द, रेशम कुमार अधिकारी, हिरा चन्द, सुवास बिक, नेकपा छत्रेश्वरी १ का वडासचिब लेख बहादुर चन्द, कृष्णा खड्का, डम्बर बिक, हिरालाल चन्द लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन सनिश्चल बिकले गर्नुभएको थियो ।

Leave a Reply