आज सम्म कुल संक्रमित ४६ हजार २५७:निको हुने २८ हजार ९४१

काठमाडौं,२१ भदौ। आइतबार देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । आइतबार मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

प्रदेशगत विवरण
हाल प्रदेश नम्बर १ मा ८ सय ७१, प्रदेश नम्बर २ मा ५ सय २८, बागमती प्रदेशमा ४ हजार ८ सय ७७ र गण्डकी प्रदेशमा ७ सय ८७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ११, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना संक्रमित संस्थात आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ७८, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा१ सय २६ गरी देशभरी ७ हजार ८ सय २६ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

आइसियुमा प्रदेश नम्बर १ मा ९, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा १ सय ९, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी देशभरी १ सय ७४ जना उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नम्बर १ मा ३, प्रदेश नम्बर २ मा २१ र प्रदेश नम्बर ५ मा ३ गरी देशभरी २७ जना संक्रमित उपचाररत रहेका छन् ।

हालसम्म प्रदेश नम्बर १ मा २ हजार ४ सय ५८, प्रदेश नम्बर २ मा ८ हजार १ सय २७, बागमती प्रदेशमा ३ हजार ६ सय ५९ र गण्डकी प्रदेशमा १ हजार ८ सय ५ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ३ सय ५५, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी देशभरी आजसम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् ।

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्