गण्डकीमा थपिए ६७ जना कोरोना संक्रमित

पर्वत,२२ भदौ ।गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या दुई हजार ५९८ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, नवलपरासी ९ बर्दघाट सुस्ता पूर्वको गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना, गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुईजना र तनहुँको व्यास नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो। कास्कीमा थपिएकामध्ये चारजना पोखरा महानगरपालिका स्थित पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन्। उस्तै, नवलपरासी ९बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्