दाङ,२२ भदौ। दाङमा लकडाउन उल्लघन गरेको भन्दै ८ सय १८ सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा अटेरी गरेर सवारी साधन चलाउने सबै भन्दा धेरै मोटरसाइकल ४ सय ४७ थान नियन्त्रणमा लिएर होल्ड गराएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रक १ सय १५ थान,अटो १ सय ३ थान,जिपकार ५३ थान,बस ४१ थान,स्कुटर २७ थान,टिप्पर २४ थान र ट्याक्टर ८ थान गरि ८ सय १८ थान सवारी साधन नियन्त्रणमा लिएर होल्ड गराइएको हो । यो सङया् भदौ १४ गते रातीदेखि २२ गते दिउँसो सम्मको हो ।
यसैबिच दाङ प्रहरीका अनुसार लकडाउन उल्लघन गर्ने ९ सय ९० जनालाई नियन्त्रणमा लिइ होल्ड गराइएको छ । यो सङ्या भदौँ १४ देखि २२ गते दिउँसो सम्मको हो । डिएसपी खड्काका अनुसार होल्ड गराइनेहरुमा ६ सय ८८ जना पुरुष छन भने २ सय ९२ जना महिला रहेका छन । लकडाउन उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर सडकमै २÷३ घण्टा होल्ड राखेर सम्झाई बुझाई छाड्ने गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै लकडाउनको समयमा अटेरी गरि मास्क हिड्ने नलगाई हिड्ने २ सय ९६ जनालाई कारवाही गरिएको छ । मास्क नलगाई हिड्नेहरुमा पुरुषको सङ्या बढी छ । प्रहरीका अनुसार मास्क नलगाई हिड्ने २ सय ११ जना पुरुष छन भने ४५ जना महिला छन । साथै लकडाउन उल्लघन गर्ने सवारी साधन,मास्क नलगाई हिड्ने मानिसहरुलाई कारवाही गर्दा ३० हजार ८ सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।