थप ९७९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४७ हजार २३६ पुग्याे

काठ्मान्डौ,२२ भदौ ।नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा छन् ।

यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१र४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९र१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६र१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६र६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३र३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २र२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्