भेरीगंगा नगरपालीका एक साताका लागी शिल

बिनोद घिमेरे\सुर्खेत,२३ भदौ ।कर्णाली प्रदेशको प्रवेश द्वार भेरीगंगा नगरपालिका १२ छिन्चु बजारलाई पनि सिल गरेको छ । समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिमको आकलन गर्दै मंगलबार राती १२ बजेबाट लागू हुनेगरी भदौ ३० गते राती १२ बजे सम्मको लागि सील गरेको हो ।
पुर्बमा चिप्ले खोला,पश्चिममा भेरिपुल,उतरमा राताचौर दक्षिणमा हर्रेसम्म सिल गरिएको छ । यस अघि २१ गते आइतबार राती १२ बजे देखि २८ गते सम्मका लागि भेरिगङ्गा नगरपालिकाको वडा नम्बर ६ को झिंगनी र वडा नम्बर ९ को जहरे बजार सील गरेको थियो ।
सील गरिएको अवधिमा अत्यावश्यक सेवासुविधा औषधि पसल बाहेक अन्य काम गर्नमा रोक लगाइएको छ ।
सील गरिएको अवधिमा बैंक, वित्तीय संस्थाहरूको काम समेत पूर्णरूपमा बन्द गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्