नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,२३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा। कोइरालाको स्वाब धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो ।

महामन्त्री कोइरालाको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको महाराजगञ्‍ज स्रोतले जनाएको छ । स्रोतका अनुसार महामन्त्री कोइरालाले केही बेरपछि वक्तव्य जारी गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने तयारी गरेका छन् । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा। कोइरालाको स्वाब धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो ।

महामन्त्री कोइरालाको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको महाराजगञ्‍ज स्रोतले जनाएको छ । स्रोतका अनुसार महामन्त्री कोइरालाले केही बेरपछि वक्तव्य जारी गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने तयारी गरेका छन् । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्