२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ

कैलाली,२४ भदौ। कैलालीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उक्त होटलका सञ्‍चालक कञ्‍चनपुर भिमदत्त नगरपालिका ९ घर भएका २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका १ बस्‍ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका २ बस्‍ने २४ वर्षीय दिपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका १ बस्‍ने २१ वर्षीय टंक धामी रहेका छन् ।

प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्