काग्रेसका यूवा नेता प्रकाश भण्डारी द्धारा सहयोग रकम हस्तान्तरण

सल्यान,२५ भदौ ।नेपाली काग्रेस सल्यानका पार्टी सचिव प्रकाश भण्डारीले युथ अफ सल्यान फाउन्डेसनलाई ६१ हजार ५ सय २० रुपैया सहयोग रकम हस्ताणन्तरण गरेका छन ।
सल्यानका युवाहरुले अशाय अशक्त बिरामीहरुलाई सहयोग गर्दै आइरहेको युथ अफ सल्यालाई जापान बाट फर्किएका नेपाली काग्रेस सल्यानका सचिव भण्डारीले एक कार्यक्रमका विच उक्त सहयोग रकमको चेक युथ अफ सल्यानका संयोजक अनिल भण्डारीलाई हस्ताणन्तरण गरेका हुन ।
भिर बाट लडेर उपचार नपाई गम्भिर बिरामी परेका बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ पाट्केका झुप बहादुर बुढाको उपचारका लागि नेपाल बाट अध्ययन र रोजगारी को लागि जापान पुगेका साथिहरु बाट सो रकम उठाएको भण्डारीले बताए । झुप बहादुर बुढाको उपचारको लागि सहयोग रकम संकलन गरेको भएतापनि उपचारको लागि आवश्यक रकमको जोहो भईसकेकोले सो रकम युथ अफ सल्यान फाउन्डेसनलाई हस्तान्तरण गरेको र सो रकम उचित सदुपयोग गर्नको लागि आग्रह गरे ।
उपचारको लागि सहयोग रकम संकलन गरेर उपचारमा सहयोग पु¥याएकोमा सहयोगी हातहरुलाई धन्यवाद दिदै उपचारको लागि समस्या परेका अशायहरुको लागि सो रकम सहयोग गरिने युथ अफ सल्यानका संयोजक अनिल भण्डारीले जानकारी दिए ।
युवाहरूको सहभागीतामा भएको रहक हस्तान्तरण कार्यक्रमको सहजिकरण नेविसंघका उपाध्यक्ष प्रेम नारायण विकले गरेका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्