काठमाडौं,२६ भदौ। भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार १७२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारतमा हालसम्म ४४ लाख ६५ हजार ८६३ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ६२ पुगेको छ ।
भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।
भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९५ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।
९५ हजार ७३५ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।
भारत १ अर्ब ३८ करोड जनसंख्या भएको देश हो ।