कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या ५०५ पुग्यो

 सल्यान,२८ भदौ ।कर्णालीमा आइतबार एकैदिन एक सय १० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यो संगै कर्णाली प्रदेशमा संक्रमण जितेर घर फर्कनेको संख्या दुई हजार ५०५ पुगेको छ । कुल संक्रमितमध्ये करिब ९० प्रतिशत कोरोना जितेर घर फर्केको सामाजिक मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

आइतबार १० व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ७८६ पुगेको छ । दुई सय ४५ संक्रमितको यहाँका विभिन्न आइसोलेशनमा उपचार भएको बताइएको छ । अधिकृत कँडेलका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ मै स्थिर छ ।

  • 1
    Share
खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्