एजेन्सी/ काठ्मानडौ,३१ भदौ । विश्वभर कोरोना भाइरस संक्रमणबाट ९ महिनामा ९ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब तीन करोड मानिस संक्रमित भएका छन् । विश्वमा सबैभन्दा अमेरिका, दोस्रोमा भारत र तेस्रो ब्राजिल कोरोना संक्रमणबाट बढी प्रभावित मुलुक हुन् ।
विश्वभर यो महामारी निर्मूल गर्ने अचुक अस्त्र मानिएको खोप विकासको काम पनि तीव्र गतिमा भइरहेको छ । विश्वभर अहिलेसम्म विकास गरिएको खोपहरुमध्य तीव्र गतिमा विकास भइरहेका खोपका रुपमा कोरोनाविरुद्धको खोपलाई लिइएको छ । कसले कहिले सबैभन्दा पहिले खोप विकास गर्छ भन्ने प्रश्नको जवाफको व्यग्र प्रतीक्षामा सिंगो विश्व छ ।
संयुक्त राज्य अमेरिकाले विकास गरिरहेको मोर्डेनाको खोप र अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका खोप तेस्रो चरणको परीक्षणमा छन् । अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरिरहेका खोपको तेस्रो चरणको मानवीय परीक्षणमा केही समस्या देखिएपछि परीक्षण स्थगित गरिए पनि पुनस् सुरु भइसकेको छ ।
विभिन्न मुलुकले सन् २०२० को अन्तिम र सन् २०२१ को सुरुवातमा खोप विकास गरिसक्ने दाबी गरेका छन् । तर, वैज्ञानिहरुले समय लाग्ने बताइरहेका छन् । वैज्ञानिकहरूले जुन बेला कोरोना भाइरसविरुद्ध खोप तयार पार्न सफलता पाउलान् त्यसबेला विश्वभर पुग्न गरी खोप उपलब्ध नहुन सक्छ ।
अनुसन्धान प्रयोगशालाहरू र औषधि उत्पादन गर्ने कम्पनीहरूले त्यस्तो प्रकारको प्रभावकारी खोप पत्ता लगाउने, तयार पार्ने, परीक्षण गर्ने र उत्पादन गर्ने सम्बन्धमा स्थापित यसअघिका नियममा ठूलै परिवर्तन गरिरहेका छन् । विश्वभर कोरोना भाइरस विरुद्धको खोप पुर्याउन सकियोस् भनेर अभूतपूर्व कदमको सुरुवात गर्दै छन् । तर, त्यस्तो खोप सबैभन्दा पहिला प्राप्त गर्ने होडमा शक्ति राष्ट्रहरु नै अगाडि रहनेछन् र सबैभन्दा कमजोरहरू पछाडि पर्नेछन् भन्ने विषयमा विभिन्न किसिमका चिन्ताहरु व्यक्त भइरहेका छन् ।
संक्रामक रोगविरुद्धको खोप विकासको प्रभावकारिता सुनिश्चित गर्न समय लाग्ने हुन्छ । त्यस कारण कोरोविरुद्धको खोपको सुरक्षा सुनिश्चितताका विषयमा पनि विभिन्न प्रश्नहरु उठ्ने गरेका छन् ।
विगतको खोप विकासको अनुभव अनुसार संक्रामक रोगविरुद्धको खोप विकासमा दशकौं लाग्ने भए पनि कोरोनाविरुद्धको खोपको अनुसन्धानको चरणदेखि उत्पादन र वितरणको प्रक्रियालाई केही महिनामा झारिएको छ ।
प्रभावकारी खोप उत्पादनका लागि लगानीकर्ता र उत्पादकहरूले अर्बौं डलर दाउमा लगाएका छन् । रुसले यसअघि अगस्त ११ मा नै स्पुतनिक(भी खोपको परीक्षणहरूले कोभिड(१९ का बिरामीमा रोगप्रतिरोधी क्षमता वृद्धि गरेको दाबी गरेको छ । रुसले आपतकालीन अवस्थामा खोप लगाउनसमेत सुरु गरिएको जनाइएको छ । त्यसैगरी अक्टोबरबाट सामूहिक रूपमा सर्वसाधारणलाई पनि खोप लगाउन सुरु गरिने रुसको दाबी छ ।
त्यसैगरी कोरोनाको उद्गम मुलुक चीनले पनि एउटा सफल खोप तयार पारेको र त्यो पहिले आफ्ना सैनिकहरूलाई दिइने बताएको छ । तर जुन गतिमा ती खोप तयार पारिए त्यसबारे विभिन्न चिन्ता र आशंकाहरु गरिएका छन् । चीनले यसअघि नै जुलाईदेखि उच्च जोखिममा रहेकाहरुलाई खोप लगाउन सुरु गरिसकेको दाबी गरेको थियो ।
ती दुवैथरी मध्ये कुनै पनि खोप विश्व स्वास्थ्य संगठनले तयार पारेको तेस्रो चरणको मेडिकल परीक्षणमा रहेका खोपहरूको सूचीमा छैनन् । तेस्रो चरणमा नयाँ खोपलाई मानिसहरूमा व्यापक रूपमा परीक्षण गर्ने गरिन्छ ।
अग्रपंक्तिमा रहेका केही खोपले यो वर्षको अन्त्यसम्ममा प्रयोगका लागि स्वीकृति पाइसक्ने अपेक्षा गरिएको छ । तर, विश्व स्वास्थ्य संगठनले भने कोभिड(१९ विरुद्धको खोप सन् २०२१ को मध्यतिरभन्दा अगाडि व्यापक प्रयोगका लागि उपलब्ध हुनसक्ने नदेखिएको बताएको छ ।
सबैभन्दा पहिला कसले पाउँछन् खोप लगाउन रु
औषधि उत्पादक कम्पनीहरूले खोप निर्माण गर्ने भए पनि त्यस्तो खोप सबैभन्दा पहिले क(कसले लगाउन पाउँछन् भन्ने निर्णय उनीहरुले गर्दैनन् । ूप्रत्येक संगठन वा देशले सबैभन्दा पहिला कसलाई र कसरी खोप दिने भनेर निर्णय गर्नुपर्नेछ,ू बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेका कम्पनीका कार्यकारी उपाध्यक्ष सर मिन पान्गालोसले बीबीसीलाई भने ।
प्रारम्भमा खोपको उपलब्धता सीमित हुने हुँदा बिरामीहरूको मृत्यु हुन नदिने, स्वास्थ्य सेवा प्रणालीलाई जोगाउनेजस्ता काममा संलग्नहरुले प्राथमिकता पाउने बताइएको छ ।
विभिन्न सरकार र संगठनहरु संलग्न खोपसम्बन्धी गठबन्धन गाभीको योजनाअनुसार कोभ्याक्स भनेर चिनिने एक विश्वव्यापी खोप योजनामा सहभागी भएकाहरू, धनी वा न्यून आय भएका सबैलाई बराबरी हैसियतमा कुन जनसङ्ख्याको तीन प्रतिशतलाई पुग्ने पर्याप्त मात्रा खोप उपलब्ध गराइने भएको छ ।
त्यो मात्राले ती देशमा रहेका स्वास्थ्य सेवा तथा सामाजिक हेरचाह सेवाका जनशक्तिलाई खोप लगाउन पुग्न गाभीको अनुमान छ । त्यसपछि थप खोपहरूको उत्पादन हुँदै गर्दा जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी खोपको मात्रा उपलब्ध गराइनेछ र यसपटक ६५ वर्षभन्दा बढी उमेर पुगेका र जोखिमपूर्ण समूहका मानिसहरूलाई प्राथमिकतामा राखेर खोप दिइनेछ ।
सबैले २० प्रतिशत खोप प्रदान गरिसकेपछि अन्य मापदण्डहरूका आधारमा खोप वितरण गरिनेछ जस्तै देशको कमजोर अवस्था र कोभिड(१९ को तत्काल खतरालगायत मापदण्डहरु अवलम्बन गरिनेछन् ।
त्यसैगरी खोप वितरणका लागि गाभीको योजनामा सहभागी भएर प्रतिबद्धता जनाउन देशहरुलाई सेप्टेम्बर १८ सम्मको समय दिइएको छ । तिनीहरूले अक्टोबर ९ सम्ममा आवश्यक रकमको पूर्व भुक्तानी गरिसक्नुपर्ने जनाइएको छ । यसरी खोप उपलब्ध गराउने प्रक्रियाका अन्य थुप्रै तत्त्वहरूबारे छलफल भइरहेको छ ।
गाभीका अनुसार उसको योजनामा सहभागी हुने धनी देशहरूले तिनका १० देखि ५० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोपको मात्रा माग गर्न सक्छन् । तर सहभागी देशहरूका २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी खोप वितरण नभएसम्म कसैलाई पनि बढी खोप प्रदान नगरिने गाभीले जनाएको छ । यसअघि युनसेफले पनि कोरोनाविरुद्धको खोप ९२ वटा निम्न निम्न मध्यम आयम भएका मुलुकहरुलाई उपलब्ध गराउने बताएको थियो । (बीबीसी