सल्यानमा यात्रु वाहाक बस दुर्घटनामा १७ जना घाईते

0
6

सल्यान,३१ भदौ। सल्यानमा गाडी दुर्घटना हुँदा १७ जना यात्रु घाईते भएका छन् । जिल्लाको भोटेचौरबाट श्रीनगर तर्फ जाँदै गरेको ना ७ ख: १८४६ नम्बरको शारदा यातायात प्रालिको बस राप्ती राजमार्ग अन्तरगत छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा बुधबार बिहान साढे १० बजे दुर्घटना भएको हो ।

१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र ११ पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। घाइते सबै जनाको श्रीनगरमा रहेको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।
घाइते मध्यका १ जनालाई बढी चोट लागेकोले उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको हो। बस सडकबाट २० मिटर तल खेतमा खसेको छ। अगाडिको ट्रकलाई ओभर टेक गर्ने क्रम्मा दुर्घटना भएको स्थानियहरु बताउछन ।

(घाईतेहरुको नाम लिष्ट सहित)

  17)Hemraj Giri

Leave a Reply