पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए:३३ जना सल्यानकै

सुर्खेत,३१ भदौ। पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन्, जसमध्ये ३३ जना सल्यानका छन् ।

त्यस्तै सुर्खेतका १३ जना, दैलेखका दुईजना, जाजरकोट, रुकुम पश्चिम र उदयपुरका एकरएकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
सल्यानको बनगाडकुपिण्डे नगरपालिकामा एकैदिन ३३ जनामा संक्रमण देखिएको छ । उनीहरु बनगाडकुपिण्डे नगरपालिका वडा नं।१, २, ३ र ५ का हुन् । संक्रमितमा २ देखि ८ वर्षसम्मका ५ जना बालबालिका छन् ।

प्रदेशभर कोरोना संक्रमितको संख्या २९१४ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप ३५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २६०५ पुगेको छ ।

हालसम्ममा प्रदेशभर ३०३ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्