लाईसेन्स नभएका अटोबाट ट्राफिक प्रहरीले मासिक रुपमा रकम असुल्ने गरको खुलासा

सुर्खेत,३ असोज।सुर्खेतको छिन्चु जहरे सडक खण्डमा ट्रफिक प्रहरीले अटोरेक्साबाट मासिक रुपमा रकम असुल्ने गरेको अटो व्यवसायीहरुले गुनासो गरेका छन् । कागजात नभएकाहरुबाट प्रहरीले मासिक एक हजारका दरले पैसा असुल्ने गरेको व्यवसायीहरुको गुनासो छ । लाईसेन्स नभएका अटोबाट ट्राफिक प्रहरीले मासिक रुपमा रकम लिएर अटोलाई निर्बाध रुपमा संञ्चालन गर्न दिने गरेका छन् ।

छिन्चुमा कार्यरत ट्राफिक प्रहरी गजेन्द्र बहादुर सिंहले अटोरेक्साबाट मासिक एक हजार रकम लिने गरेको खुलेको छ । सिंहले त्यसक्षेत्रमा रहेका झन्डै साढे दुईदेखि तीन सयसम्म अटोबाट मासिक रकम असुल्ने गरेको अटो व्यवसायीहरुले आरोप लगाएका छन् । छिन्चु–जाजरकोट सडकखण्डमा प्रहरीले मासिक रुपमा रकम असुल्ने गरे पनि नियामक निकाय जिल्ला प्रशासन कार्यालय सुर्खेत मौन छ । त्यसैबीच रकम लिएको आरोप लागेका ट्राफिक प्रहरी सिंहलाई अनुसन्धानको लागी जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा तानिएको छ ।

ट्राफिक प्रहरी कार्यालय कर्णालीका प्रमुख एसपी राकेश सिंहले आवश्यक अनुसन्धानको लागी जिल्ला तानिएको भन्दै दोषि पाईए कारवाही गरिने बताउनुभयो । उहाँले छानविनको लागी भन्दै समिति गठन समेत गरिसकेको भन्दै एक हप्ताभित्र प्रतिबेदन बुझाउन निर्देशन दिएको जिकिर गर्नुभयो ।
यस्तै सवारी साधनको धेरै चाप हुने क्षेत्रमा प्रहरी प्रमुखले नै आफु निकटका व्यक्तिलाई डियुटिमा खटाएर रकम असुल्न लगाउने गरेको नाम नबताउने सर्तमा एक जना ट्राफिक प्रहरीले बताएका छन् । वीरेन्द्ररनगरको सुब्बाकुना, गोठीकाँडा, छिन्चु लगायतका क्षेत्रमा कार्यालय प्रमुखले नै मासिक लक्ष्य निर्धारण गरेर ट्राफिक प्रहरीलाई रकम असुल्न लगाउने गरेको ट्राफिक प्रहरीकै भनाई छ । ट्राफिक प्रमुख सिंहले आफु सरुवा भएर आएको दुई हप्तामात्र भएको भन्दै यस बारे वास्तविता बुझ्ने भन्दै त्यसो गरेको पाईए कारबाही गर्ने चेतावनी दिनुभयो ।स्रोत युगआह्वान

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्