सल्यानका शिक्षक नेपालीलाइ जनसेवा श्री ( चतुर्थ) द्वारा सम्मान

0
18

सल्यान,३असोज ।सरकारले संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने क्रममा सल्यानका शिक्षक हिरालाल नेपाली पनि सम्मानित हुनु भएकाे छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार सल्यानका शिक्षक नेपालीलाइ जनसेवा श्री ( चतुर्थ) द्वारा सम्मान गरिएकाे  हाे ।

हाल  शिव जन मा.बि.शीतलपाटी सल्यानकाे प्रधानाध्यापककाे रुपमा काम गरिरहेका नेपालीले  शिक्षा क्षेत्रमा गरेकाे याेगदानकाे कदर गर्दै आफुलाइ सम्मान गरिएकाेमा अत्यन्त हर्षित  भएकाे प्रतिकृया दिंदै ।आगामि दिनहरुमा  शैक्षिक उन्नयनकाे निम्ति लागि पर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएकाे छ ।

सरकारले सार्वजनिक गरेको सुची अनुसार आज संविधान दिवसका अवसरमा ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरेकाे छ ।

Leave a Reply