च्यालेन्जर्स बैंगलोरले विजयी सुरुआत

0
4

एजेन्सी/काठ्मान्डौ,६ असोज । यूएईमा जारि १३औँ सस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुआत गरेको छ ।

सोमबार भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १६४ रनको लक्ष्य पछएको हैदराबादले १९ ओभरमा ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५३ रन बनाउँन सक्यो ।

हैदराबादका लागि जोनी बेयरस्टाले अर्धशतकिय पारी खेले । ४३ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाए । त्यस्तै मनिश पाण्डेले ३४ रन बनाउँदा प्रियाम गर्गले १२ रन बनाए । हैदराबादका लागि अविशेक शर्मा ७, रसिद खान र डेभिड वार्नरले ६ रन बनाए ।

बलिङतर्फ बैंगलोरका लागि युजभेन्द्र चहालले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नवदिप शैनी र सिभम डुबेले समान दुई–दुई विकेट लिँदा एक विकेट हात पारे । यस्तै डेले स्टेनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरिको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पदिकालले अर्धशतकीय पारी खेले ।

४२ बल खेलेका उनले ८ चौकाको सहयोगमा ५६ रन बनाएका हुन् । त्यस्तै बैंगलोरका लागि एबी डी भिलियर्सले पनि अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । बैंगलोरका एरोन फिन्चले २९ रन बनाउँदा कप्तान विराट कोहलीले १४ रन तथा शिभम डुबेले ७ रनको योगदान गरे ।

बलिङतर्फ हैदराबादका लागि थानगार्सु नताराजन, विजय शंकर र अविशेक शर्माले समान एक–एक विकेट लिए ।

Leave a Reply