नेपालमा २४ घण्टामा १३५६ जनामा कोरोना पुष्टि :कुन जिल्लामा कति ?

काठमाडौं,६ असोज। पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।

अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ । कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

कुन जिल्लामा कति ?

पछिल्लो २४ घण्टामा सुनसरीमा ७७ जना, रुपन्देहीमा ७४ जना, बाँकेमा ५८ जना, मोरङमा ५७ जना, सुर्खेतमा ४४ जना, सिराहामा ३३ जना, काभ्रेमा ३० जना, बर्दियामा २७ जना, तनहुँ र रुकुम पूर्वमा २५र२५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै चितवनमा २२ जना, झापामा २० जना, कपिलवस्तु र दाङमा १९र१९ जना, बाग्लुङमा १६ जना, बारा, कास्की र रोल्पामा १५र१५ जना, धनुषा र पर्सामा ११र११ जनामा संक्रमण पुष्टि भएको छ ।

रामेछापमा ९ जना, सप्तरी, मकवानपुर, नवलपरासी, पाल्पा र प्युठानमा ८र८ जना, लमजुङमा ६ जना, संखुवासभा, रौतहट, दोलखा र स्याङ्जामा ४र४ जना, धादिङ र पर्वतमा ३र३ जना, भोजपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, अर्घाखाँची र गुल्मीमा २र२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै उदयपुर, तेह्रथुम, धनकुटा, सर्लाही, नुवाकोट, दैलेख र कञ्चनपुरमा १र१ जना संक्रमित भेटिएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्