सल्यानमा एक वडा अध्यक्ष व्यपत्ता

सल्यान,१३ असोज ।सल्यानको शारदा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष तुलसीराम रावत अपहरणमा परेको आशंका गरिएको छ ।सल्यान जिल्लाका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले परिवारे वडाध्यक्ष रावत अपहरणमा परेको आशंकासहित सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालयलमा आएर निवेदन दिएको जानकारी दिए ।

उनले आफुले परिवारका सदस्यसंग छलफल गरिरहेको र अनुसन्धान जारी रहेको बताए । उनी आइतवारदेखि घर नगएपनि परिवारका सदस्य संग फोन सम्पर्क भने गर्दै आएको प्रहरीले बताएको छ । वडाध्यक्ष रावतले आइतवारपनि घर परिवारलाई घर नआउने र सोमवार मात्रै घर फर्किने बताएका थिए ।

तर फेरि सोमवार फोन गरेर उनले आफ्नो खातामा २० हजार रुपैंया राखिदिन आग्रह गरेको प्रहरीले बताएको छ ।
उनले मंगलवार मात्रै आफु घर फर्किने बताएको भएपनि कहाँ छु भन्ने कुरा भने खुलाएका छैनन् । त्यही भएर उनी अपहरणमा परेको आशंका भइरहेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्