कृष्ण बुढाथोकिको ‘जादु’ सार्बजनिक(पुरा भिडियो सहित)

0
45

सल्यान,१३ असोज। अमेरिकामा रहेका गायक कृष्ण बुढाथोकिको लोक दोहोरी ‘जादु रैछ मायाको बोलीमा’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा चर्चित मोडल अञ्जलि अधिकारी र महेन्द्र गौतमले अभिनय गरेका छन् । त्यस्तै भिडियोमा परम्परागत गाउँले भाषा बोलेर चर्चामा आएका कुल बहादुर ओलिले पनि अभिनय गरेका छन् ।

म्युजिक भिडियोले खास गरि गाउँघरमा हुने नाँचगान, रातभर गाउँघरमा हुने दोहोरी र दोहोरीमै बस्ने माया प्रेमलाई प्रस्तुत गरेको छ । गाउँघरमा युवायुवति रातभरि दोहोरी गाउने र दोहोरीमा हारजित भए विहे गर्ने परिपाटिलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ ।

कृष्ण बुढाथोकिकै लय तथा शब्द रहेको गीतमा कमला पोख्रेलले आवाजमा साथ दिएकि छन् । भिडियोलाई विरेन्द्र भाटले छायांकन गरेका छन् भने ललित केसीले निर्देशन गरेका छन् । कुनै समय नेपालमै रहेर थुप्रै लोकदोहोरी गितमा आवाज दिएका कृष्ण बुढाथोकि बिगत ५ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

(फिचर फोटोहरु)

(पुरा भिडियो सहित)

Leave a Reply