सल्यानममा दुई सुरक्षाकर्मी सहित थप नौ जनामा कोरोना भाइरस सक्रमण पुष्टि

0
7

सल्यान,१४ असोज ।सल्यानममा दुई सुरक्षाकर्मी सहित थप नौ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षण नौ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै शारदा नगरपाकिाका रहेका छन् । शारदा नगरपालिकाको क्वारनेटाइनमा रहेका ५, दुई प्रहरी, एक वैंकका कर्मचारी र एक स्थानीय गरी नौ जनामा कोरोना पुष्टि भएको शारदा नगरपालिकाका कोराना फोकल पर्सन रविन विष्टले बताए ।

१ सय ४२ जनाको स्वाब संकलन गरिएकोमा अझै १८ जनाको रिर्पोट आउन बाँकी रहेको उनको भनाई छ । संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ ।
भारत र तेस्रो मुलकबाट आएका व्यक्तिमा मात्र देखिएको कोरोना पछिल्लो समय समुदायस्तरमा पनि देखिन थालेको छ । लडकडाउन खुकुलो भएसँगै आवतजावत बढेपछि समुदायस्तरमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।

मंगलबार मात्रै त्रिवेणी,छत्रेश्वरी गाउँपालिका , जिल्ला अस्पताल र शारदा नगरपालिकाका २२ जनामा कोरोना संक्रमण देखिएको थियो । देखिएका प्राय समुदाय स्तरका रहेका छन् ।

Leave a Reply