सल्यान अस्पतालमा बुधबार  देखी आकस्मिक बाहेकका सबै सेवा बन्द

0
3

सल्यान,१४ असोज।सल्यान जिल्ला अस्पतालमा बुधबार  देखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । सल्यान जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आज देखी अर्को सुचना जारी नहुदाँ सम्मको लागी अस्पतालबाट प्रदान गरिने आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको हो ।

प्रदेश अस्पताल, पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा एक अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोनाको जोखिम न्यूनिकरण गरी स्वास्थ्य सेवा व्यवस्थापनको लागी सेवा बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएकाे छ ।

Leave a Reply