आस्था बचाउ अभियानमा कुवेतमा बस्ने नेपालीको सहयोग

0
55

सल्यान,१७ असोज ।बिगत एक वर्ष देखि ब्लोड क्यान्सर पिडित आस्थालाई पछिल्लो समयमा सहयोग रकम आउनेक्रम जारी छ ।सल्यान स्थीत केहि मिडिया,युवा क्लब र घरपरिवारले आस्था बचाउ अभियान सुरु गरे लगतै सहयोग रकम उठ्न सुरु गरेको हो ।घरपरिवारले उपचार गर्दा झन्डै नौ लाख बराबर खर्च गरेको र पछिल्लो अबस्थामा आर्थिक अभाब भएपछि यो कार्य थालेका हुन ।यस अघि अभियानमा बिभिन्न संघ संस्था,व्यापारी,देश तथा विदेशमा बस्नुहुने सम्पुर्णले बिभिन्न समयमा गरी झण्डै चार लाख बराबर सहयोग परीवारलाई हस्तान्तरण गरीसकेको छ ।यसै क्रममा कुवेतमा रोजगारीको शिलशिलामा पुगेका मोहन चलाउनेको नेतृत्वमा संकलण भएको १८,६९२ रुपयाँ मनोहर मिडियाका संचालक द्धारा श्रीमान एकराज बि.कलाई शुक्रबार हस्तान्तरण गरीएको हो ।आस्थाको पछिल्लो समय सुधारउन्मुख रहेको छ ।

Leave a Reply