बेवारीसे अवस्थामा जङ्लमा बालक भेटिए

0
4

सल्यान,१९ असोज।जङ्गलमा एक बालक बेवारिसे अबस्थामा फेला परेका छन।
जिल्लाको श्रीनगर-खलंगा सडकखन्ड अन्तरगत शारदा नगरपालिका वडा नम्बर २ स्थित घोरलोटे ,माझी पौवाको छहारा नजिक सालघारिमा सोमबार बिहान एक बालक बेवारिसे अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

अहिले ती बालकलाई जिल्ला अस्पताल खलंगा लगिएको सल्यानका प्रहरी प्रमुख डिएसपि गोबिन्द थापाले जानकारी दिएका छ्न।
बालको उमेर करिब १ बर्ष जतिको रहेको अनुमान गरिएको छ। बालक भेटिएको स्थान नजिकै बालकको कपडा र एउटा झोला समेत फेला परेको प्रहरिले बताएको छ। बालकलाई रातिनै जङ्गलमा छाडेर गएको हुनसक्ने अनुमान गरिएको छ।

श्रीनगरका स्थानिय हरु मर्निङवार्क गएको समयमा उक्त बेबारिसे बालकलाई रोइ राखेको अबस्थामा फेला पारेका थिए। त्यो लगत्तै प्रहरीलाई खबर गरिएको थियो। आमाले छाडेर गएको हुनसक्ने भन्दै खोजी र अनुसन्धान समेत सुरु गरिएको डिएसपी थापाले बताएका छन।

Leave a Reply