बेवारिशे भनिएका बालकको उद्वार, आमा सहित दुई पक्राउ

0
31

सल्यान,१९असोज।आज बिहान ६:३० बजेको समयमा शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा बेवारिसे अवस्थामा फेला परेको भनिएको अन्दाजी २८ दिने बच्चाको आमा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शारदा नगपालिका वडा नं ३ को वर्ष ३५ को शान्ता परियार (बच्चाको आमा) र शानपा वडा नं २ पानिखोलाको अन्दाजी वर्ष ३८ को दान बहादुर भण्डारीलाई आज मिति २०७७/०७/१९ गते दिउँसो विभिन्न स्थनहरूबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

गत वर्ष कातिकमा रोजगारी को शिलसिलामा भारतको उत्तराखंडमा सँगै गएका यी दुवैजना दशैं मान्न घर सङ्गै फर्केका हुन् । गाडडाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको एक कवारेन्टीनमा ३ दिन बसी सल्यानको श्रीनगर हिजो असोज १८ गते पुगेका हुन्। घरमा पुग्दा बच्चा नलैजाने दुवैजनाको सल्लाह भएबोजिम बाटैमा पर्ने जंगलमा १८ गते बेलुका ६:०० बजेतिर फाली घरतर्फ लागेका थिए। १९ गते बिहान ६:०० बजेतिर मर्निङ्ग वाकमा निस्केका स्थानीयले देखें पश्चात प्रहरीलाई सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षक को कमाण्डमा प्रहरी टोली खोजतलासको लागि खटिई गएको थियो ।

(बच्चालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल सल्यान मा राखिएको, तथा बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको  बताइएको छ।(पक्राउ परेका दुवैजना श्रीमान श्रीमती होइनन् । पुरुष विवाहित हुन भने महिलाको सम्बन्ध बिच्छेद भई सकेको बुझिएको छ।थप अनुसंधान भैरहेको छ।

 

Leave a Reply